Skip to main content

NRN Canada - Photos

Jhalendra Sherstha has posted photos taken at NRN Canada in Picasa Album

 

News in Nagariknews

नेपालको विकासका लागि क्यानडामा बस्ने नेपाली उत्सुक

मंगलवार, 14 जूलाई 2009 16:20

असार ३० (नागरिक)- नेपालको आर्थिक र सामाजिक समृद्दिका लागि क्यानडामा
बसोबास गर्ने नेपाली योगदान गर्न उत्सुक देखिएका छन् । हालै सम्पन्न
गैरआवासीय नेपाली सम्मेलनमा उनीहरुले यस्तो उत्सुकता देखाएका हुन् ।

नेपाल समृद्द नभएसम्म सबै नेपालीले गर्ब गर्न नसकिने भन्दै मुलुकको
शिक्षा,स्वास्थ्य र खानेपानी योजनामा योगदान पुर्याउन चासो देखाएका छन्।
सरकारले उपयुक्त वातावारण बनाए, सामाजिक र ब्यापारिक दुवै दृष्टिले लगानी
गर्न क्यानेडियन नेपालीहरु तम्तयार देखिएका छन्। लगानी गर्ने उद्देश्यले
सम्युक्तकोष खडा गर्न आपसमा गृहकार्य समेत गरेका छन् । यसका अतिरिक्त
व्यक्तिगत तवरबाट पनि नेपालमा समाजसेवा भैरहेको जानकारी पनि दिइएको थियो ।

नेपालमा हाल शिक्षा क्षेत्रमा नरेश कोइरालाले नेपाल पुस्तकालय
फाउन्देशन र डाक्टर प्रमोद ढकालले क्यानेडियन फोरम फर नेपाल मार्फत सहयोग
पुर्याउदै आएका छन्। यसैगरी घरेलु हिम्साबाट पिडित महिला र बालबालिका का
लागि राधा बस्नेत संयोजक रहेकी महिला समिति ,गैह्रआबासिय नेपाली संघले दश
हजार डलर बराबरको कोष स्थापना गरेको छ जसमा डाक्टर समता प्रसाद ,डाक्टर
आदित्य झा लगायतले आर्थिक सहयोग गरेका छन् । सम्मेलनमा संघका
अन्तरास्ट्रिय अध्यक्ष्डा . उपेन्द्र महतोले देशको बिकाश भए मात्र बिदेशमा
बस्ने नेपालीको शान बढ्ने भन्दै हरियो पासपोर्टको गरिमा बढाउन बिदेशमा
बस्ने हामीले कुनै न कुनै रुपमा योगदान पुर्याउन आग्रह गरे ।

महतोले नेपालको सम्पूर्ण बिकासका लागि गैरआवासीय नेपाली संघले
५०%समाजसेवा र ५०% ब्यापारिक हिसाबले लगानी गर्न लागिएको जानकारी दिनु भयो
। आउदो अक्टोबरमा काठमाडौ हुनगैरहेको गैरआबासिय अन्तरास्ट्रिय सम्मेलनमा
सक्रिय सहभागी हुन सबैलाई आग्रह गर्नु भयो। सम्मेलनमा आइसिसी उपाध्यक्ष
राम थापा, क्यालगरी संसद सदस्य देविंदर शोरी ,मोए अमेरी ,प्रोफेसर दवे
इर्विने , सगरमाथा चढ्ने पहिलो क्यानेडियन लौरी स्क्रेस्लेट ,अमेरिकाका
लागि नेपाली कार्यबाहक राजदुत कलि प्रसाद पोखरेल , क्यल्गरिका उपमयेर
जोन्स रे गैरआवासीय नेपाली संघ क्यानाडाका अध्यक्ष नवराज गुरुङ लगायतले
नेपाल र क्यानाडा सम्बन्ध ,नेपालका लागि बिदेसमा बस्ने नेपालीको मातृभूमि
प्रतिको प्रेम र क्षमता विकासका बारेमा संघले खेल्नुपर्ने भूमिका का
बारेमा चर्चा गर्नु भएको थियो। सम्मेलनको दोस्रो सत्रमा डा द्रोण रसाइलीले
सहकारी ,डा राजु तुलाधरले शिक्षा ,चित्र प्रधानले क्यानेडियन नेपाली
बालबालिका लागि नेपाली शिक्षा, इन्जिनियर केदारभक्त श्रेष्ठले नेपालमा
बिधुत उत्पादनका सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो। एकसय
प्रतिनिधिले भाग लिएको सो सम्मेलन आनि डोल्मा र स्थानीय नेपाली कलाकारको
सास्कृतिक कार्यक्रमले एकदम रोमान्चकारी भएको थियो।

 

Calgary Nepali Mailing List

Register to receive email announcements and latest news.

Syndicate content

User login

Premium Drupal Themes by Adaptivethemes